गुल्मी । गुल्मीमा माछा मार्ने क्रममा आज खोलाले बगाएर १ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा चन्द्रकोट गाउँपालिका-८ मजुवा निवासी १६ वर्षीय असिम कुमाल भएकाे जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेल पुष्टी गरेकाे हाे ।
उनका अनुसार कुमाललाई बिहान माछा मार्ने क्रममा बडिगाड खोलाले बगाएर बेपत्ता बनाएकाे थियाे ।
बेपत्ता कुमालकाे खोजी कार्यको लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीवल ३७ नम्बर गुल्म गुल्मीबाट विपद् उद्धार टोली परिचालन भएको पनि उनले बताए ।


