चितवन । पछिल्लो ३ घण्टामा चितवनको कल्याणपुरमा १२८.२ मिलिमिटर बर्षा मापन गरीएकाे छ । मौसम पूर्वानुमान् महाशाखाका अनुसार शक्तिपुरमा ९५.८ मिलिमिटर, रुपन्देहीको भवानीपुरमा ९५.६ मिलिमिटर र तिलोत्तमामा ८९.२ मिलिमिटर वर्षा मापन भएको छ ।
अधिक बर्षा संगै रुपन्देहीको तिनाउ र चितवनको नारायणी नदी तटीय क्षेत्रमा जोखिम बढेको छ ।
यस्तै बाढी पूर्वानुमान् महाशाखाले रुपन्देहीको तिनाउ र चितवनको नारायणी नदी जलाधार क्षेत्रका साना ठूला नदीहरुमा जोखिम रहेको भन्दै ‘रेडअलर्ट’ जारी गरेको छ ।
अहिले कोशी प्रदेशको सङ्खुवासभा, ताप्लेजुङ, खोटाङ, सोलुखुम्बुसहित बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा पानी परिरहेको छ ।


