मुग्लिन । मुग्लिन–नारायणगढ सडक खण्डको सिमलतालमा आज बिहान बस र ट्रक ठोक्किएकाे छ । भारतीय नम्बर प्लेटकाे ए आर ०१ टी ६३७२ नम्बरको बस र ग. २ ख ११०८ नम्बरको ट्रक ठोक्किएदा २ जना घाईते भएकाे चितवन प्रहरीले जनाएकाे छ ।
दुर्घटनामा घाईते भएका दुवै जना ट्रकका हुन् । उनीहरु चालक र सहचालक भएकाे प्रहरीले जानकारी दिएकाे छ । उनीहरुलाई उपचारका लागि भरतपुर पठाइएको छ ।
बसका सबै यात्रु सुरक्षित छन् । बर्षा याम भएकाेले सडकको अवस्था बुझेर सावधानी पूर्वक यात्रा गर्न ट्राफिक प्रहरीको आग्रह गरेकाे छ ।


