माेरङ । मोरङमा आज बिहानै २ जना नाबालिका मृतअबस्थामा भेटिएका छन् । सुन्दरहरैँचा नगरपालिका-७ गोठगाउँमा ३ र १ वर्षका बालिकाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङले पुष्टी गरेकाे हाे ।
मृतक नाबालिकाहरू धनकुटाको पाख्रिबास ४ डिकुरे घर भई सुन्दरहरैँचा ७ मालती टोल बस्दै आएका अर्जुन कार्की र अस्मिता पौडेलका छोरी भएकाे प्रहरीले जानकारी दिएकाे छ ।
२ बालिकाको शव भेटिएको ठाउँमा विषादीको बट्टा पनि भेटिएको र आमा अस्मिता पौडेल सम्पर्कबिहिन रहेकी प्रहरीले जनाएको छ ।
शुक्रवार बेलुका श्रीमान्–श्रीमतीबीच घर झगडा हुदा श्रीमतीले छोरीहरु लिएर हिँडेका थिए । प्रहरीले आमाकाे खाेजीलाई ब्यापक बनाएकाे छ भने घटनाकाे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




















