सप्तरी । कोशी पलार क्षेत्र शिकार गरेर बँदेल मारेको आरोपमा पूर्व डीआइजीसहित र बहालवाला सई सहित १० जनालाई पक्राउलाई पक्राउ गरीएकाे छ ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ को कोशी पलार क्षेत्रबाट मारिएको बँदेलसहित उनीहरु पक्राउ परेको सप्तरी प्रहरीले जनाएको हाे ।
कक्राउ पर्नेमा नेपाल प्रहरीका अवकाश प्राप्त प्रहरी नायव महानिरीक्षक (डीआईजी) ज्ञानविक्रम शाह र नेपाल प्रहरीकै बहालवाला प्रहरी नायव निरीक्षक (सई) सञ्जय न्यौपाने सहित १० छन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक गजुसिद्धी बज्रचार्यका अनुसार उनीलाइ डिभिजन बन कार्यालयसँगको समन्वयमा विस्तृत अनुसन्धान भइरहेको जानकारी दिए ।




















