काठमाडाैं । सरकारले मुख्यसचिवमा एकनारायण अर्याललाई नियुक्त गर्ने निर्णय गरेकाे छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सचिव अर्याललाई मुख्यसचिव बनाउने निर्णय गरेको हो ।
सरकारले अर्याललाई भाद्र १६ आतबारदेखि लागू हुने गरी मुख्यसचिवमा नियुक्त गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
मुख्यसचिवमा नियुक्त भएका अर्याल अहिले गृह सचिव हुन् । उनी वरीयताक्रममा चौथो नम्बरमा थिए ।
अहिले मुख्य सचिव रहेका लीलादेवी गड्तौला उमेर हदका कारण आज अवकाश पाउँदै छन् ।




















