काठमाडाैं । आज गण्डकी सहित ३ वटा प्रदेशमा ठूलो वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाले जारी गरेकाे बुलेटीन अनुसार गण्डकी, बाग्मती र कर्णाली प्रदेशमा ठुलाे पानी पर्न सक्ने जनाएकाे हाे ।
कोशी, बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँहरूमा तथा बाँकी प्रदेशको थोरै ठाउँहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएकाे छ ।
त्यस्तै आज राति कोशी, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका थोरै ठाउहरूमा तथा बाँकी प्रदेशका १-२ स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाकाे बुलेटीनमा भनिएकाे छ ।
काठमाण्डौ उपत्यकासहित गण्डकी र कर्णाली प्रदेशका केही ठाउँमा अहिले मौसम खुले पनि दिउँसो र साँझपख वर्षा हुने सम्भावना रहेको छ ।
अहिले पनि सुदूरपश्चिम र कर्णाली प्रदेशका एक–दुइ ठाउँमा छिटफुटदेखि हल्का वर्षा भइरहेको छ । गएराति बैतडी र आसपासका क्षेत्रमा ठूलो पानी परेको थियो ।




















