पाँचथर । पाँचथरको फालेलुङ ५ मा बम विस्फोट हुदा २ जना बालबालिकाकाे मृत्यु भएकाे छ । अन्य २ जना बालबालिका घाईते भएका छन् ।
शुक्रबार दिउँसो भएको विष्फोटमा परी ११ वर्षीय दिप्सन साँवा र अढाई वर्षकी प्रिन्सा साँवा मृत्यु भएकाे पाँचथर प्रहरीले पुष्टी गरेकाे हाे ।
दुवै जनाकाे पाँचथर अस्पतलामा सामान्य उपचार पछी थप उपचारकाे लागी झापा लैजाँदै गर्दा प्रिन्साको राति बाटोमै मृत्यु गएको भने ११ वर्षीय दिप्सनको आज बिहान मृत्यु गएको जिल्ला प्रहरी कार्यालय पाँचथर प्रमुख प्रहरी नायव उपरिक्षक हेमन्त भण्डारीले जानकारी दिए ।
साेही घटनमा घाईते भएका ९ वर्षीय पवन राईको पाँचथर अस्पतालमा नै उपचार भइरहेको छ । ७ वर्षीय दिपशा राई सामान्य घाइते भएकी र उनको स्थानीय स्वास्थ्य संस्थामा उपचारपछि डिस्चार्ज भएको छ ।
घटनास्थलमा अर्को एउटा शङ्कास्पद वस्तु समेत फेला परेकाे छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएकाे छ ।




















