काठमाडाैं । आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महामन्त्री डा. मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट हटाएको छ ।
रास्वपाको केन्द्रीय समितिको आज बसेको बैठकले निलम्बित संस्थापक महामन्त्री ढकाललाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको हो ।
२ पटक स्पष्टीकरण सोधेका ढकाललाई आजैदेखी साधारणा सदस्य समेत नरहने गरी पार्टीबाट हराएकाे हाे । बैठकले ढकालले पेश गरेकाे स्पष्टीकरणमा कुण्ठा व्यक्त गरिएको नेताहरूले आराेप समेत लगाएका छन् ।
गएको असार २५ गते बसेको केन्द्रीय समितिको बैठकले ढकाललाई महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट हटाएको थियो ।




















