काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) को उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध भएका छन् । उनका प्रत्यासी घनेन्द्र बस्नेतले उम्मेदवारी फिर्ता लिएपछि उनी सर्वसम्मत बिजयी भएकाे हाे ।
जारी केन्द्रीय कमिटीको बैठकमा पदाधिकारी र पोलिट्ब्युरो सदस्य निर्वाचनका लागि चुनाव भइरहेको हो ।
एकीकृत समाजवादीमा १८ सदस्यीय पदाधिकारीका लागि चुनावी प्रक्रिया अघि बढेको हो । जसमा ६७ जनाले उम्मेदवारी दिएका छन् । केही पदमा उम्मेदवारी फिर्ताको क्रम चलिरहेको निर्वाचन समितिले जानकारी दिए छ ।
पार्टीको असार १६ गतेदेखि २० गतेसम्म चलेको दसौं महाधिवेशनले अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिव घनश्याम भूसाल सर्वसम्मत चयन भएका थिए ।


