एजेन्सी/युद्ध शुरू भएपछिकै सबैभन्दा ठूलो हवाई आक्रमण गरेको एक दिनपछि रुसले युक्रेनमा पलटवार गरेको छ । रुसले आज बिहानै हवाई आक्रमणको चेतावनी दिएको थियो ।
युक्रेनी अनुगमनकर्ताहरूका अनुसार ठूला ड्रोन आक्रमणसँगै रुसी विमानहरूले हाइपरसोनिक मिसाइलहरू प्रक्षेपण गरिरहेको छ । युक्रेनका हवाई रक्षा बलहरूले देशभर नै ब्यालिस्टिक हतियार आक्रमणको खतरा रहेको बताएका बीबीसीले जनाएको छ ।
रुसी रक्षा मन्त्रालयको विज्ञप्तिमा कीभ, ल्विभ, खार्किभ र ओडेसा क्षेत्रहरूसहित युक्रेनभरका पावर स्टेशनहरू र सम्बन्धित पूर्वाधारमा आक्रमण गरिएको बताए । यसअघि हिजो रुसले युक्रेनमा मिसाइल र ड्रोनमार्फत आक्रमण गर्दा ७ जनाको ज्यान गएको थियो ।
युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले रुसले एक सयभन्दा बढी ड्रोन र मिसाइलबाट आक्रमण गरेको बताउनुभएको छ । रुसले युक्रेनको ऊर्जा पूर्वाधारमा पनि आक्रमण गरेको उनले जानकारी दिए ।
रुसको आक्रमणपछि युक्रेनमा रेड अलर्ट जारी गरिएको छ । युक्रेनी सेना रुसको कुर्स्क क्षेत्रका विभिन्न ठाउँमा प्रवेश गरेपछि रुसले आक्रमण तीव्र पारेको हो । रुस र युक्रेनबीच साढे दुई वर्षदेखि युद्ध भइरहेको छ ।
भूमि विवाद चर्किएपछि रुसले युक्रेनमा सन् २०२२ फेब्रअरी २४ देखि आक्रमण शुरू गरेको थियो ।


