पाल्पा । राष्ट्रपति रामचन्द्र पौडेल आज पाल्पा आउदै छन् । ऐतिहासिक रणउजीरेश्वरी भगवती रथ जात्रा अवलाेकनका लागी उनी पाल्पा आउन लागेका हुन् ।
जितगढी युद्धको सम्झनामा मनाइने रथ जात्रा आज दिउँसो १२:३० बजे रथ उठाउने साइत जुरेको छ । उनी अहिले ११ बजे तानसेन आईपुग्ने पुग्ने पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले जानकारी दिए ।
जात्राको अवलोकनसँगै राष्ट्रपतिले भगवती मन्दिरमा पूजा–आराधना गर्ने कार्यक्रम छ । त्यसलगत्तै उनले तानसेनको आर्मी ब्यारेक दि फेमस महिन्द्र दल गणमा खाना खाने कार्यक्रम तय भएकाे छ । खाना पछी राष्ट्रपति पौडेलले विभिन्न ब्यत्तीहरु संग भेटघाट गर्ने कार्यक्रम तय भएको प्रजिअ काफ्लेले जानकारी दिए ।
अहिले तानसेनको सुरक्षा व्यवस्थालाई कडा पारीएकाे छ । जात्राको अवसरमा लुम्बिनी प्रदेश सरकारले पाल्पामा सार्वजनिक बिदा दिएको छ ।




















