काठमाडाैं । आज पनि देशभर मनसुनी वायुको प्रभाव देखीएकाे छ । जसका कारण केही ठाउँमा हल्का पानी परिरहेको छ । अहिले देशभर आंशिकदेखि साधरणतया बदली रहेको मौसम पूर्वानुमान महाशाखा जनाएको छ ।
आज कोशी, बाग्मती र लुम्बिनी प्रदेशका केही स्थानमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखा जनाएको छ । आज दिउँसो कोशी, बाग्मती र लुम्बिनी प्रदेशका केही ठाउँ तथा बाँकी प्रदेशका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले बुलेटीन जारी गर्दै जानकारी दिएकाे छ ।
आज दिउसाे काठमाडाैं उपत्यकामा ठूलो पानी पर्ने सम्भावना रहेको छ । त्यस्तै राति पनि कोशी, बाग्मती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँ तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।


