काठमाडाैं । आज देशैभर मौसम बदली भएर देशका धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना छ । अहिले देशभर बदली रहेको छ भने कोशी र लुम्बिनी प्रदेशका १-२ स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जारी गरेको जारी मौसम बुलेटिनमा उल्लेख गरीएकाे छ ।
आज दिउँसो सातै प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाे बुलेटीनमा भनिएकाे छ । कोशी प्रदेशको पहाडी जिल्लामा ठूलो पानी पर्ने सम्भावना रहेको विभागले जनाएकाे छ ।
राति कोशी, बाग्मती र कर्णाली प्रदेशका केही ठाउँ तथा बाँकी प्रदेशका १-२ स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोे बुलेटिनमा भनिएकाे छ ।




















