आँबुखैरेनी । गत साता आँबुखैरेनीकाे ऐनापहरामा दुर्घटना ग्रस्त भारतीय बस निकाल्न आँबुखैरेनी-मुग्लिन सडक आज केही समयकाे लागी बन्द गरीएकाे छ । उक्त बस निकाल्न सडक बन्द गर्ने बारे जिल्ला प्रशासन कार्यालय तनहुँले हिजाे आइतबार नै सूचना जारी गरेकाे हाे ।
प्रशासनले जारी गरेकाे सूचनामा बिहान ६:३० बजेदेखी १० बजेसम्म मर्स्याङ्दी नदीमा खसेको भारतीय बस निकाल्न बन्द रहने उल्लेख गरिएकाे छ ।
गएको शुक्रवार भारतीय नम्बर प्लेटको बस आँबुखैरेनी गाउँपालिका-२ ऐनापहराबाट मर्स्याङ्दी नदी छेवैमा खस्दा २७ जनाको मृत्यु भएकाे थियाे । सडकबाट खसेर नदी किनारमा पुगेको बस निकाल्न समस्या भएकाले आज सडक नै बन्द गरेर निकाल्ने काम भइरहेको छ ।



