काठमाडाैं । पेनाल्टी शुटआउटमा नेपालले भुटानलाई हराउदै २० वर्षमुनिकाे साफ च्याम्पियनशिपकाे फाइनलमा पुगेकाे छ ।
लतिपुरकाे सातदाेबाटाेमा रहेकाे एन्फा कम्प्लेक्सकाे मैदानमा आज भएकाे पहिलाे सेमिफाइनलमा नेपालले भुटानलाई पेनाल्टी शुटआउटमा ४–१ ले हराएकाे हाे ।
निर्धारित ९० मिनेटकाे समयमा १–१ गाेलकाे बराबरी भएपछि खेल पेनाल्टी शुटआउटमा पुगेकाे हाे । पेनाल्टी शुटआउटमा नेपालका गाेलकीपर जियारथ शेखले भुटानका २ जना खेलाडीकाे पेनाल्टी राेकेका थिए । त्यस्तै नेपालका राम थापा, अबिनाश स्याङ्गतान, सिमान्त थापा र जियारथ शेखले समान १-१ गाेल गरेका थिए ।
यसअघि खेलकाे ५६ औं मिनेटमा भुटानका जितसुनले गाेल गर्दै टाेलीलाई अग्रता दिलाएका थिए । तर खेलकाे ७८ औं मिनेटमा नेपालका निराजन धामीले गाेल गर्दै खेल बराबरीमा ल्याएका थिए ।
प्रतियाेगिताकाे दाेस्राे सेमिफाइनलमा भाेलि भारत र बङ्गलादेश खेल्दैछन् । फाइनल खेल आउँदाे बुधवार त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा हुनेछ ।
तस्बिर एन्फा




















