साँकेतिक तस्बिर
जनकपुर । महोत्तरीकाे रामगोपालपुर नगरपालिका १ जना वडाध्यक्ष मृत फेला परेका छन् । रामगोपालपुर नगरपालिका-२ का वडाध्यक्ष मुकेशकुमार यादव मृत भेटिएका हुन् ।
जलेश्वर बर्दिवास सडकखण्डको बर्दिवास नगरपालिका-८ स्थित कलभर्ट छेउमा आज बिहान उनी मृत फेला परेकाे जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी सन्तुलाल जयसवारले बताए ।
मृतक यादवले चलाउने लु. प्रदेश ०१-००१ प ६३६२ नम्बरको मोटरसाइकल पनि दुर्घटनाग्रस्त अवस्थामा भेटिएको उनले जानकारी दिए ।
मोटरसाइकल कलभर्टमा ठोक्किएर भएकाे दुर्घटनामा परी उनकाे मृत्यु भएको अनुमान प्रहरीले गरेकाे छ । घटनाकाे अनुसन्धान सुरु गरीएकाे प्रहरीले जनाएको छ ।


