साँकेतिक तस्बिर
बारा । नेपाली तिर्थयात्रीहरु सवार बस भारतकाे बिहार समस्तीपुर जिल्लामा दुर्घटना भएको छ । दुर्घटनामा कम्तीमा ३० भन्दा बढी घाइते भएकाे भारतीय सञ्चारमाघ्यामहरुले जनाएकाे छ ।
ना ७ ख ६४४६ नम्बरको उक्त बसलाई शनिबार राति पछाडिबाट एक ट्रकले ठक्कर दिएको र अनियन्त्रित भएर पल्टिएको थियाे । बसमा ४३ जना सवार भएकाे पनि भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
दुर्घटनामा १ किशोरसहित ५ जना गंभिर घाईते भएका छन् । घाइतेहरुको उपचार मुसरीघरारी अस्पताल र निजी क्लिनिकहरुमा भइरहेको छ ।
ठक्कर दिने ट्रकलाई भारतीय प्रहरीले नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।
बसमा सवार सबै नेपालको बारा जिल्ला निवासी हुन् । उनीहरु जल चढाउनका लागि झारखण्डको देवघर तीर्थका लागि जाँदै गर्दा दुर्घटनामा परेको थिए ।


