रामेछाप । रामेछापको शैलुङ्ग गाउँपालिका-३ लेखर्क पहरीगाउँमा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ६ पुगेको छ । साही पहिराेमा परेर अझै ४ जना हराइरहेका छन् । उनीहरुको खोजीकार्य जारी छ ।
पहिरोमा परी ५७ वर्षीया उर्मिला पहरी, ३० वर्षीय सन्दीप पहरी, ११ वर्षीय सन्तोष पहरी, १४ वर्षीय विज्ञान पहरी, ३० वर्षीया चण्डिका श्रेष्ठ र उनका १८ महिने छोरा आयुष श्रेष्ठको मृत्यु भएको रामेछाप प्रहरीले जानकारी दिएकाे छ । साेही पहिराेमा परी श्रेष्ठकी ११ वर्षीया छोरी अञ्जना घाइते छिन् ।
घटनास्थलमा सेना, प्रहरी, शसस्त्र र स्थानियहरु उद्धारमा खटिएका छन् ।
पहिरोले अँधेरी खोलाको पक्की पुल पनि बगाएको छ ।
प्रहरीका अनुसार आज बिहान ३ः३५ बजे पहिरोले गाउँमा क्षति पुर्याएको थियो ।


