×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ३३ मिनेट अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ६ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ६ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ९ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ११ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

इथियोपियाले विश्व रेकर्ड बनाउदै एकैदिन ६० करोड १५ लाख बिरुवा रोपे

  •  गोरखा समाचार
  • आइतबार, भदौ ०९, २०८१ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    एजेन्सी/इथियोपियाले गएको शुक्रवार एकैदिन ६० करोड वटाभन्दा धेरै बिरुवा रोपेर विश्व रेकर्ड बनाएको छ । गत वर्ष इथियोपियाले एकैदिन ५६ करोड वटा बिरुवा रोपेर विश्व रेकर्ड बनाएकोमा अहिले आफ्नै रेकर्ड तोडेको हो ।

    रुख रोप्ने देशव्यापी अभियानअन्तर्गत गएको शुक्रवार १२ घन्टामै ६० करोड १५ लाख वटा बिरुवा रोपिएको इथियोपियाका प्रधानमन्त्री डाक्टर अवि अहमदले बताउनुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

    बिरुवा रोप्न बालबालिकादेखि वृद्धवृद्धासम्मले देखाएको उत्साहलाई उनले धन्यवाद पनि दिए । ‘जुन देशले बिरुवा रोप्छ, त्यसले अर्को पुस्ता दीगो बनाउँछ’ भन्ने नाराकासाथ इथियोपियाले हरित अभियान चलाइरहेको छ । यो वर्षाको मौसममा इथियोपियाले २ लाख हेक्टर जमिनमा ७ अर्ब ५० करोड वटा बिरुवा रोप्ने लक्ष्य राखेको छ ।

    कृषि मन्त्रालयले जैविक विविधतालाई बढावा दिँदै माटो र पानीको संरक्षण बढाउने दोहोरो लक्ष्यका साथ आ–आफ्नो क्षेत्रको पारिस्थितिक अवस्थासँग मेल खाने गरी बिरुवा छनोट गरेको जनाएको छ ।

    देशभरका १ लाख २० हजार वटाभन्दा धेरै नर्सरीले बिरुवा तयार पारेका छन्, जसमध्ये ५६ प्रतिशत खाद्य र फलफूलका प्रजाति र बाँकी वन विकास र वातावरणीय संरक्षणमा आधारित छन् ।

    सन् २०१९ मा इथियोपिया सरकारले ५० अर्ब वटा बिरुवा रोप्ने लक्ष्यसहित हरित अभियान शुरु गरेकोमा यो वर्षसम्म ४० अर्ब वटा पुग्ने जनाएको छ । झन्डै १३ करोड जना जनसङ्ख्या रहेको इथियोपियाले बाढी, माटोको कटान, वन विनाश र जैविक विविधताको क्षति लगायतका जलवायु परिवर्तनका चुनौतीको सामना गर्नुपरेको छ । यसलाई कम गर्न बिरुवा रोप्ने राष्ट्रिय अभियान चलिरहेको हो ।

    लेखकबाट थप:

    • गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    • बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    • गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    आइतबार, भदौ ०९, २०८१ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.