रामेछाप । दोरम्बा शैलुङ गाउँपालिका–३ लेखर्कमा गएराती पहिरो जदा २ जनाको मृत्यु भएको छ । साेही पहिराेमा परेर अन्य ८ जना बेपत्ता भएकाे रामेछाप प्रहरीले जनाएकाे छ ।
पहिरोले ६ वटा घर बगाएको छ । प्रहरीका अनुसार चण्डिका थापामगर र १ जना बालकको शव भेटिएको छ ।
पहिरोले ५ वटा घर बगाएर अँधेरी खोलामा पुर्याएकाे छ ।
पहिरोपछिको बाढीले एउटा पक्की पुल पनि बगाएको छ । अहिले घटनास्थलमा नेपाली सेना र नेपाल प्रहरी र स्थानियले खोजी शुरु गरेका छन् ।


