सिन्धुली । सिन्धुलीको गोलञ्जोर गाउँपालिका-१ मा भएकाे जिप दुर्घटनाकाे आज दाेस्राे दिन बिहानैदेखी खाेजी कार्य सुरु भएकाे छ । सुनकोशी नदीमा खसेको उक्त जिपमा ४ जना सवार रहेकाेमा १ जना भने हामफालेर बाच्न सफल भएका थिए । अन्य ३ जना भने अझै बेपत्ता रहेका छन् ।
गाडिबाट हामफालेका सुशान्त कक्षपतिकाे खुर्कोट सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीले दिएकाे जानकारी अनुसार इसुजु गाडी सुनकोशी नदीमा डुब्दा भक्तपुर सूर्यविनायक नगरपालिका जगाती बस्ने ३२ वर्षीय अबिन बाके, ३० वर्षीय प्रनित स्यागु र ३७ वर्षीय बलराम घटुवा बेपत्ता छन् ।
दुर्घटना लगत्तै सशस्त्र प्रहरी बलको विपद व्यवस्थापन बेस खुर्कोटबाट १० जनाको गाेताखाेर टोलीले खोजी सुरु गरेकाे सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । आज पनि साेही टाेलीले बिहानैदेखी खाेजी सुरु गरेकाे उनले बताए ।
तस्बिर शसस्त्र प्रहरी बल नेपाल


