मुग्लिङ । मुग्लिङ–नारायणगढ सडकखण्डको घुमाउनेमा आज बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् । महेन्द्रनगरबाट काठमाडौं तर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १३३२ नम्बरको बस बिहान ७:१५ बजे घुमाउमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरिक्षक भेषराज रिजालले जानकारी दिए ।
बस आफैं अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको उनले बताए । सडक किनारमा लगाइएको बारले छेकेकाले बस ठुलाे दुर्घटना हुनबाट जाेगिएकाे छ ।
घाइते सबैलाई उपचारका लागि भरतपुर लगिएको छ । दुर्घटनाका कारण बाटो एकतर्फी सन्चालनमा छ । बसलाई पाखा लगाएर दुईतर्फी सडक सञ्चालन गर्ने प्रयास जारी रहेकाे पनि प्रनाउ रिजालले जानकारी दिए ।


