चितवन । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा शुक्रबार भएको बस दुर्घटनाका मृतकहरुको शव परीक्षण शुरू गरिएको छ । शनिबार बिहानैदेखि भरतपुर अस्पतालमा शवहरुको परीक्षण शुरू गरिएको हो ।
पोखराबाट काठमाण्डौतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस ऐनापहरामा दुर्घटना हुदा २७ जनाको मृत्यु गएको थियो । १६ जना घाईतेहरुकाे भने राजधानीकाे टिचीङ अस्पतालमा उपचार भइरहेकाे छ ।
दुर्घटनामा मृत्यु भएकाहरुकाे शव शुक्रबार राति नै चितवन ल्याइएको प्रहरीले जानकारी दिएकाे छ । शव परीक्षण पश्चात भैरहवा नाका हुँदै भारत पठाइने छ ।


