आँबुखैरेनी । आँबुखैरेनीको ऐना पहरा नजिकै भएको भारतीय बस दुर्घटनामा परी हालसम्म १४ जनाको मृत्यु भएको छ । १६ जनाको जिवितै उद्वार गरी उपचारकोलागि विभिन्न अस्पताल पठाइएको छ ।
आँबुखैरेनी गाउँपालिका–२ को ऐना पहरामा नजिकै पोखरा देखी काडमाडौं तर्फ जादै गरेको यूपी ५३ एफटी ७६२३ नम्बरको भारतीय बस दुर्घटना हुदा हालसम्म १४ जनाको मृत्यु भएको शसस्त्र प्रहरी बल नेपालका सहप्रबक्ता शैलेन्द्र थापाले जानकारी दिए । उनका अनुसार हालसम्म १६ जनाको उद्वार गरीएको छ ।
उद्वार गरीका बिरामीहरुलाई विभिन्न अस्पतालमा उपचारको लागि लगिएको छ । उक्त बसमा चालक सहित ४३ जना सवार थिए । अन्यको खोजी कार्य जारी रहेको पनि सहप्रबक्ता थापाले जानकारी दिए ।
तस्बिर शसस्त्र प्रहरी बल नेपाल







