आँबुखैरेनी । तनहुँको आँबुखैरेनी केही बेर अगाडी भएको दुर्घटनमा परी ११ जना भारतीयहरुको मृत्यु भएको छ । सशस्त्र प्रहरी बल नेपालका सहप्रबक्ता शैलेन्द्र थापाले दिएको जानकारी अनुसार अहिलेसम्म दुर्घटनामा परी मृत्यु भएका ११ जनाको शव निकालिएको छ ।
दुर्घटना स्थलमा सशस्त्र प्रहरी बल नेपाल बिपद ब्यबस्थापन तालिम शिक्षालयबाट शसस्त्र प्रहरी उपरिक्षक माधब पौडेलको कमान्डमा गएको ४५ जनाको फौजले उद्दारमा खटिएको पनि उनले जानकारी दिए । दुर्घटना स्थल अप्ठ्यारो भिर भएका कारण घाइते र मृत्तकको उद्दारमा डोरिको सहायताले नदि किनारमा पुग्ने प्रयास भइरहेको छ ।
घटना स्थलमा सशस्त्र प्रहरी बल नेपाल बिपद ब्यबस्थापन तालिम शिक्षालयबाट १० जना गोताखोरको टोली समेत परिचालन गरिएको सहप्रबक्ता थापाले जानकारी दिए ।


