आँबुखैरेनी । तनहुँको आबुखैरेनी स्थित ऐना पहरामा भारतीय बस दुर्घटना भएकाे छ । बस मर्स्याङ्दी नदीमा बस खसेको छ ।
आँबुखैरेनी गाउँपालिका वडा नम्बर–२ स्थित ऐना पहराबाट मर्स्याङ्दी नदी किनारमा बस खसेको तनहुँका प्रहरी उपरिक्षक वीरेन्द्र शाहीले बताए ।
अहिले प्रहरी, सेना, शसस्त्र र स्थानियले उद्धार कार्य जारी राखेकाे छ ।
पोखराबाट काठमाडौँ जाँदै गरेको युपी ५३ एफटी ७६२३ नम्बरको बस दुर्घटनामा परेको हाे । बसमा ४० जना जति यात्रु रहेको अनुमान प्रहरीले गरेकाे छ ।


