एजेन्सी/भारतमा सहकर्मीको बलात्कार पछीकाे हत्या विरोधमा चिकित्सकहरूले सरकारी अस्पतालमा गरेका हड्ताल ११ दिनपछि फिर्ता लिएका छन् । हडतार फिर्ता लिए संगै सबै चिकित्सकहरु काममा फर्किएका छन् ।
यही अगस्ट ९ अर्थात साउन २५ गते भारतको पूर्वी शहर कोलकाताको सरकारी अस्पतालमा ३१ वर्षीया डाक्टरको बलात्कार पछी शव फेला परेपछि विभिन्न ठाउँका सरकारी अस्पतालका चिकित्सक सङ्घहरूले अस्पतालको आकस्मिकबाहेकका सेवा बन्द गरेका थिए । कोलकातामा भने अझै विरोध प्रदर्शन भइरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
महिला डाक्टरको बलात्कार पछि हत्या भएको घटनालाई लिएर देशव्यापी आक्रोश बढेको थियाे । यो घटनामा दोषीलाई कडा कारबाहीसँगै कार्यस्थलमा सुरक्षित रुपमा काम गर्ने वातावरणको सुनिश्चितता गर्नुपर्ने माग गर्दै स्वास्थ्यकर्मीसहित सर्वसाधारण समेत विरोध प्रदर्शनमा सहभागी भएका थिए ।




















