काठमाडाैं । आज कोशी, मधेस, बाग्मती र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ । देशैभरका केही ठाउँमा पानी परे पनि लगातार झरी नपर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले पनि मधेश प्रदेशका थोरै ठाउँहरूमा तथा बाग्मती र कर्णाली प्रदेशका १-२ ठाउँमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । विशेष गरेर अहिले मधेश प्रदेशको बारा जिल्ला आसपास ठूलो पानी परिरहेको महाशाखाले जनाएको छ ।
गएको २४ घण्टामा बारा, सिन्धुपाल्चोक, बाँके, इलाम, झापा, ओखलढुङ्गालगायतका ठाउँमा ठूलो पानी परेको पनि महाशाखाले जानकारी दिएकाे छ ।


