काठमाडौं । काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगा नजिक झ्याप्लेखोलाछेउमा पहिरो जाँदा सडक अबरुद्ध भएको छ ।
त्रिभुवन राजपथ अन्तर्गत धादिङ र काठमाडौंको सिमानामा पर्ने नागढुंगा नजिक झ्याप्लेखोलाछेउमा पहिरो जाँदा सवारी आवागमन पूर्ण रुपमा छ ।
पहिरो ठूलो भएकोले पन्छाउन समय लाग्ने प्रहरीले जानकारी दिएको छ । डोजरको सहायताले पहिरो हटाउने काम सुरु भएकाे पनि प्रहरीले जनाएकाे छ ।




















