दाङ । तुलसीपुरमा आज इनार सफा गर्ने क्रममा २ जनाको निसाशियर मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका-१३ दमारगाउँका १६ वर्षीय मुकेश विक र ३८ वर्षीय रामबहादुर नेपाली भएको प्रहरी पुष्टी गरेकाे हाे ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार स्थानीय दुर्गा विकको इनार सफा गर्न भनेर उनीहरू बुधबार बिहान १० बजेतिर इनारमा पसेका थिए ।
उनीहरू इनारबाट निस्कन नसकेको र भित्र फसेको भन्ने सूचना पाउनासाथ प्रहरी पोष्ट दमारगाउँबाट प्रहरी सहायक निरीक्षक आनन्द हिताङको कमाण्डमा २ जना, इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी निरीक्षक दामप्रसाद श्रेष्ठको नेतृत्वमा ८ जना र नेपाली सेनाको अम्बापुर बेस क्याम्पबाट जामरात रमेश पराजुलीको कमाण्डमा ३ जना खटिएका थिए ।
दुवै जनाको उद्धारपछि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा ल्याइएकोमा चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।




















