काठमाडौं। प्रख्यात योगी पाइलट बाबाको मृत्यु भएको छ । उनकाे मृत्यु मंगलबार दिँउसो मुम्बईस्थित कोकिलाबेन अस्पतालमा भएको निजी चिकित्सकहरुले प्रमाणीत गरेकाे छन् ।
पाइलट बाबालाई उक्त अस्पतालमा १ महिना ८ दिनसम्म आईसीयूमा राखेर उपचार गरिएको थियो । ८६ वर्षका उनी लामो समयदेखि मधुमेहको समस्याबाट पीडित थिए । पछिल्लो समय छातीमा खराबी देखिएपछि अस्पताल भर्ना गरिएको थियो ।
पाइलट बाबाको अन्त्येष्टि बुधबार भारतकै हरिद्वारमा हुने छ ।
पाइलट बाबाको आधिकारिक फेसबुक पेजमा पनि उनको निधन भएको उल्लेख गरिएको छ र अनुयायीहरुलाई शान्त रहन अपिल गरिएको छ ।
को थिए पाइलट बाबा ?
पाइलट बाबा भारतको विहार राज्यको सासाराम भन्ने स्थानमा सन् १९३८मा जन्मिएका थिए । पाइलट बाबाको वास्तविक नाम कपिल सिंह हो । सन् १९५७ समा उनले एक लडाकू विमान सैनिक सेवामा प्रवेश गरेका थिए ।
उनले १९६२, १९६५ र १९७१ मा बहादुरीपूर्वक चीन, पाकिस्तानको युद्धमा भाग लिएका थिए । उनले भारत सरकारबट वीर चक्र, विशिष्ट सेवा मेडल, कम उचाइमा लडाकू जहाज उडाएर कीर्तिमा राखेका थिए ।
उनले बीएचयूबाट जैविक रसायन विज्ञानमा स्नातकोत्तर गरेका थिए । उनले १५ वर्षसम्म भारतीय विमान सैनिकको रुपमा काम गरे विङ कमाण्ड सम्हालेका थिए ।


