बुटवल । रुपन्देहीको बेलबासमा हिजाे साँझ भएकाे सवारी दुर्घटनामा परी १ जना युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका घर भई हाल बुटवल उपमहानगरपालिका-११ देवीनगर बस्दै आएकी २७ वर्षीया सुष्मा श्रेष्ठ भएकाे प्रहरीले पुष्टी गरेकाे हाे ।
दुर्घटना सोमबार बेलुकी ८:३० बजेतिर भएको प्रहरीले जानकारी दिएकाे छ । एकै साथै ३ सवारी दुर्घटना हुदा श्रेष्ठकाे मृत्यु भएकाे थियाे । लु ८७ प ४५७३ नम्बरको स्कुटर चलाएर मुर्गियाबाट बुटवलतर्फ आउँदै गरेकी सुष्मालाई नम्बर नखुलेको मोटरसाइकलले ठक्कर दिएको थियो ।
ठक्करपछि अनियन्त्रित भएको स्कुटर लु १ च ६७८३ नम्बरको बोलेरो जिपमा ठोक्किएको थियो । दुर्घटना पछी गंभिर घाईते भएकी सुष्मालाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियाे ।
बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । ठक्कर दिने मोटरसाइकल चालक मोटरसाइकल फरार भएकाेले खोजी भइरहेको प्रहरीले जनाएको छ ।


