हुम्ला । जिल्लाकाे सर्केगाड गाउँपालिका उपाध्यक्ष चन्द्रसिंह कार्कीको मृत्यु भएको छ ।
सोमबार सुर्खेतबाट बाँकेको नेपालगञ्ज जाँदै गर्दा उनी सवार कर्णाली प्रदेश ०२००१ ख १०११ नम्बरको गाडी सुर्खेतको भेरीगंगा नगरपालिका वडा नम्बर–५ मा दुर्घटनामा परी मृत्यु भएकाे हाे ।
दुर्घटनामा गभिर घाईते भएका उनको नेपालगञ्जमा उपचारको क्रममा मंगलबार बिहान करिब २ बजेतिर मृत्यु भएको प्रहरीले पुष्टी गरेकाे हाे ।
उनी नेकपा माओवादी केन्द्रको तर्फबाट हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष निर्वाचित भएका थिए । मुक्ति उपनामले चिनिने उनी कर्णाली प्रदेशसभा सदस्य जुम्कीत लामाका श्रीमान पनि हुन् ।


