जाजरकोट । जाजरकोटकाे नलगाड नगरपालिका-२ काे माझगाउँमा पहिरोमा परी एकै परिवारका ३ जनाको मृत्यु भएको छ ।
गएराति पहिरोले घर पुरिँदा ४२ वर्षीय लालबहादुर परियार, उनकी श्रीमती ३४ वर्षीया मनिषा परियार र छोरा २ वर्षीय शिभम परियारको मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख एवम् प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए ।
उनका अनुसार भूकम्पबाट घर भत्किएपछि बनाएको अस्थायी टहरामा बस्दै आएका उनीहरु संगै रहेकाे ढिस्को भत्किएर पुरिएको हो । घटनाबारे बिहान जानकारी पाएपछि गएको प्रहरी घटना स्थल पुगेकाे प्ननाउ पाण्डेले बताए ।




















