बझाङ । बझाङमा गएराती गएकाे पहिरोमा परी एकै परिवारका ४ जनाको मृत्यु भएको छ । अन्य ६ जनाले भागेर ज्यान जाेगाउन सफल भएका छन् ।
गएराति १ बजे तिर बुङ्गल नगरपालिका-१० टुमेडाका बीरबहादुर धामीको घर पहिरोले पुरिँदा उनकी श्रीमती ५५ वर्षीया काली धामी, बुहारी २५ वर्षीया गोल्की धामी तथा नातिनीहरु ६ वर्षकी आकृती र ३ वर्षकी लक्ष्मीको ज्यान मृत्यु भएकाे बझाङ प्रहरीले जनाएकाे छ ।
घरमा पहिरो खस्दा परिवारका ९ जना र १ जना पाहुना समेत १० जना एकै साथमा रहेकामा ६ जनाले भने भागेर ज्यान बचाएकाे प्रहरीले जानकारी दिएकाे छ ।
तस्बिर साभार : साइपाल एफएम


