काठमाडाैं । बन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले रातो बाँदरलाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरी रापपत्रमा प्रकाशित गर्न लागेको बताए ।
प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आजको बैठकमा मन्त्री ठकुरीले कृषि हानिकारक वन्यजन्तुमा बँदेलको म्याद थप गरिएको पनि जानकारी दिए ।
सरकारले गएको वर्ष समितिको निर्देशन अनुसार १ वर्षका लागि बँदेललाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको थियो । अहिले थप १ वर्ष म्याद थपिएको मन्त्री ठकुरीले बताए ।
उनले रातो बाँदरले किसानको खेतबारीमा आई बालीनाली वा धनजनको हानी–नोक्सानी पुर्याएकाले कृषि हानिकारक वन्यजन्तुमा बँदेलसँगै राखिएको बताए ।



