काठमाडाैं । नेपाल आयल निगमले आज बिहानैदेखी लागु हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलमा भाउ घटाएको छ । निगमले पेट्रोलमा लिटरको ५ रूपैयाँ र डिजेल तथा मट्टीतेलमा ३ रूपैयाँ घटेको हो ।
निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँमा विभिन्न मूल्य् लागू हुनेछ । निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई ३ वर्गमा विभाजन गरेको छ ।
पहिलो वर्गमा पर्ने चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १६२ रूपैयाँ ५० पैसा तथा डिजेल र मट्टीतेलको भाउ लिटरको १५२ रूपैयाँ ५० पैसा पर्नेछ ।
दोस्रो वर्गमा पर्ने सुर्खेत र दाङ क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १६४ रूपैयाँ तथा डिजेल र मट्टीतेलको लिटरको १५४ रूपैयाँ पर्नेछ ।
यस्तैगरी, तेस्रो वर्गअन्तर्गत काठमाण्डौ, पोखरा र दिपायल क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १६५ रूपैयाँ तथा डिजेल र मट्टीतेलको भाउ लिटरको १५५ रूपैयाँ ताेकेकाे छ ।


