काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले अफ्रिकाका केही भागमा मंकीपक्स फैलिएपछि सार्वजनिक स्वास्थ्य आपतकाली घोषणा गरेको छ । संगठनले यसलाई अन्तर्राष्ट्रिय चिन्ताको विषयका रुपमा उल्लेख गरेको छ ।
अफ्रिकाकको कंगोबाट रोगको सुरुवात भएको थियो । हालसम्म ४५० जनाको ज्यान गइसकेको बताइएको छ । अहिले मध्ये तथा पूर्वी अफ्रिकामा फैलिरहेको छ ।
डडब्लुएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले अफ्रिका बाहिर पनि यो फैलिने विषयमा चिन्ता व्यक्त गरेका छन् । उनले भने, ‘अन्तर्राष्ट्रियस्तरको सहयोगबाट यो रोगबाट जोगाउन र रोक्न सकिन्छ ।’
डब्ल्यूएचओले अफ्रिकामा मन्कीपक्स (एमपक्स) को वृद्धिलाई विश्वव्यापी जनस्वास्थ्य आपतकाल घोषणा गर्ने निर्णय गर्न बुधबार विज्ञहरूको बैठक गरेको थियो । प्रकोप बढेसँगै अफ्रिकी सङ्घले आफ्नो क्षेत्रमा सार्वजनिक स्वास्थ्य आपतकालिन घोषणा गरेपछि १६ अन्तर्राष्ट्रिय विज्ञहरूको भेला भएको थियो ।
प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा व्यापक फैलिएको छ, जहाँ पहिले मन्कीपक्स भनिने भाइरस पहिलो पटक सन् १९७० मा मानिसमा फेला परेको थियो । त्यहीबाट अन्य देशहरूमा फैलिएका छ ।
यस वर्ष कङ्गोमा हालसम्म १४ हजारभन्दा बढी एमपक्सका केसहरू र ५२४ जनाको मृत्यु भएको जनाएको छ ।
मंकीपक्स सन १९५८ मा बाँदर प्रजातिमा पहिलो पटक देखिएको थियो । यो हेर्दा बिफर, ठेउला जस्तो देखिने रोग हो । यो मंकीपक्स भन्ने भाइरस ले गराउँछ । यो अफ्रिकी मुलुकमा १९७० देखि नै देखिराखेको भाइरस हो । त्यो बेलादेखि २०१७ सम्म सोही मुलुकहरुमा पटक पटक आउटब्रेक भएको देखिन्छ । सन् २००३ मा मात्र यो पहिलो पटक आफ्रिकी मुलुक बाहिर अमेरिकामा देखियो ।
त्यसपछि क्रमस २०२१ सम्म पटक इजरायलका साथै बेलायत, अमेरिका, सिङ्गापुरहरुमा फैलिँदै गयो । २०२१ सम्म यी मुलुकमा फैलेको मंकीपक्स अफ्रिकी मुलुकबाट अएका मानिस वा जनावरको सम्पर्कले भएको थियो भने अहिले २०२२ मा अफ्रिकी मुलुकको सम्पर्क बिना नै २० देशका २०० जनामा फैलिसकेको थियो ।
मुसा, बाँदर, गिल्हरी जस्ता जनावरहरुमा यो भाइरस बस्ने गर्दछ र यी जनावरहरुको सम्पर्कमा आउँदा यो रोग सर्न सक्छ । श्वासप्रश्वास, संक्रमित छालाको सम्पर्कले मानिसदेखि मानिसमा पनि यो रोग सर्न सक्छ । त्यसैगरी गर्भवती आमादेखि बच्चामा पनि सर्न सक्छ ।
संक्रमण भएको ५ देखी २१ दिन सम्ममा लक्षण देखिन सक्छ । पहिले काम ज्वरो आउने, मांसपेशी दुख्ने, टाउको दुख्ने, घाँटी, काखीहरुमा गिर्खा आउने हुन्छ । त्यसपछि छालामा विभिन्न प्रकारका बिबिराहरु आउने हुन्छ । जुन पहिला मुखबाट सुरु भएर बिस्तारै शरीर भरि, हत्केला र पैताला, गोप्य अङग, मुखभित्र र आखाभित्र पनि फैलिन्छ । डाबरको प्रकार हेर्ने हो भने पहिला रातो रातो हुन्छ अनि घमौरा जस्तो उठेको हुन्छ ।
यो रोग नियन्त्रणका लागि डब्ल्यूएचओ विशेषज्ञहरूले दुईवटा खोपहरू सिफारिस गरेका छन् ।


