काठमाडाैं । हालै सम्पन्न काभा महिला नेसन्स लिग च्याम्पियनशिपमा सहभागी भएका सशस्त्र प्रहरी बल क्लबका ३ जना खेलाडी सम्मानित भएका छन् ।
शसस्त्रले निरुता ठगुन्नालाई सिपाहीबाट विशेष बढुवा गर्दै सहायक हवल्दार बनाएको सङ्गठनले जनाएको छ । यस्तै निरुतासहित सरस्वती चाैधरी र कविता भट्टलाई पनि बुधबार एक कार्यक्रम बिच नगद पुरस्कारसहित सम्मान पनि गरेको छ ।
निरुता ५ वर्षअघि सशस्त्रमा आबद्ध भएकी थिइन् । सशस्त्रका महानिरीक्षक राजु अर्यालले ३ जना खेलाडीलाई पुरस्कारसहित सम्मान गरिएकाे सह प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
गएको हप्ता भएको फाइनलमा नेपाली टोली भारतसँग ३–२ काे सेटमा पराजित हुँदै प्रतियोगितामा उपविजेता भएको थियो ।
तस्बिर : शसस्त्र प्रहरी बल नेपाल



