×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ३४ मिनेट अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ६ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ६ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ९ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ११ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

रुसको भूमिमा छिरेका युक्रेनी सेनाले १०० जनाभन्दा बढी रुसी सेना नियन्त्रणमा लिएकाे दावी

  •  गोरखा समाचार
  • बिहिबार, साउन ३१, २०८१ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    एजेन्सी । रुसी भूमिमा छिरेकाे युक्रेनी सेना रुसको १०० जनाभन्दा बढी सेनालाई नियन्त्रणमा लिएकाे दावी गरेका छन् । युक्रेनका राष्ट्रपति भ्लोदोमिर जलेन्स्कीले आफ्ना सेना रुसको कुर्स्क क्षेत्रमा प्रवेश गरेको जानकारी दिएका हुन् ।

    उनले बुधबार बेलुकी सामाजिक सन्जालमा लेखेका छन्, ‘युक्रेनी सेना रुसको कुर्स्क क्षेत्रमा विभिन्न दिशाबाट १ देखि २ किलोमिटर अगाडिसम्म घुसेको छ ।’

    ट्वीटर (हाल एक्स)मा राष्ट्रपति जेलेन्स्कीले फोटो र भिडियोहरु पनि पोष्ट गरेका छन् । एउटा भिडियोमा जेलेन्स्कीले सेनाका शीर्ष कमाण्डर ओलेकजेन्ड्र सिरस्कीसँग कुरा गरिरहेको पनि देखिन्छ ।

    सो भिडियोमा युक्रेनका कमाण्डर सिरस्कीले रुसको भूमिमा आक्रमण गर्ने क्रममा १०० जना रुसी सेनालाई नियन्त्रणमा लिइएको बताएका छन् । यसबाट युक्रेनी सेनालाई रुसी सेनाको नियन्त्रणबाट मुक्त गराउन सकिने उनले विश्वास पनि व्यक्त गरेका छन् ।

    २ दिन अघि रुसले युक्रेनी सेना आफ्नो भूमि कुर्स्क प्रान्तमा घुसेको स्वीकार गरेको थियो । हाल रुसका केही बस्तीहरुमा युक्रेनले कब्जा गर्न सफल भएको बीबीसीले जनाएको छ ।

    ‘युक्रेनी सेनाको समन्वयको कमाल’

    बीबीसीका अनुसार युक्रेनका सेनाबीच अहिले बेजोड समन्वय छ । त्यही समन्वयको कमाल अनुसार युक्रेनी सेना रुसमा घुसेर आक्रमण गर्न सकेका हुन् ।

    बेलायतका एक सैनिक अधिकारीले नाम उल्लेख नगर्ने सर्तमा बीबीसीसँग भनेका छन्, ‘यो आक्रमणको सबैभन्दा चाखलाग्दो कुरा के हो भने युक्रेनी सेनाका अलग–अलग अंगबीच बेजोड समन्वय छ । पैदल फौजको साथसाथै हवाई सुरक्षा, इलेक्टोकि वारफेयर र तोपखानाले पनि यो अपरेसनमा भाग लिएका छन् । युक्रेनका लागि यो आफैंमा ठूलो उपलब्धि हो ।’

    अधिकारीहरुका अनुसार युक्रेनले पश्चिमा देशहरुबाट प्राप्त अत्याधुनिक हतियार पनि प्रयोग गरिरहेको छ । ती हतियारहरुमा जर्मनी मोर्डर र अन्य बख्तरबन्ध बाहन समावेश छन् ।

    विगतका वर्षहरुको तुलनामा युक्रेनी सेनाले यस वर्ष यस्ता अत्याधुनिक हतियारहरुको राम्रोसँग प्रयोग गर्दै आएको छ ।

    भारतीय नागरिकलाई ब्रेन्स्क, बेलगोरोद र कुर्स्क छाड्न अनुरोध

    युक्रेनी सेना रुसको भूभागमा घुसेर आक्रमण गर्न थालेपछि भारतले आफ्ना नागरिकहरुलाई सुरक्षित स्थानमा जान अनुरोध गरेको छ ।

    रुसस्थित भारतीय दूतावासले सूचना जारी गर्दै ब्रेन्स्क, बेलगोरोद र कुर्स्कमा रहेका भारतीय नागरिकहरुलाई सतर्कता अपनाउन र अस्थायी रुपमा ती ठाउँ छाड्न भनेको हो ।

    भारतीय दूतावासले कुनै मद्दत चाहिएमा सम्पर्क गर्न भनेर इमेल आईडी र टेलिफोन नम्बरसमेत सार्वजनिक गरेको छ ।

    लेखकबाट थप:

    • गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    • बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    • गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    बिहिबार, साउन ३१, २०८१ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.