साँकेतिक तस्बिर
म्याग्दी । म्याग्दीमा आज भएको बलेरो जिप दुर्घटनामा परी १ जना मृत्यु भएको छ भने अन्य ३ जना घाईते भएका छन् । अन्नपुर्ण गाउँपालिका–७ हिस्तानमा ग १ ज ७९४५ नम्बरको बलेरो जिप दुर्घटना हुदा १ जनाको मृत्यु भएको हो ।
रोकि राखेको उक्त जिप बिहान ९ः५० बजे अचानक पछाडि हट्न गएर सडक देखी ५० मिटर तल खस्न गई दुर्घटना भएको प्रहरी वरिष्ठ उपरीक्षक रबिन्द्र रेग्मी बताए । उनका अनुसार दुर्घटनामा परी अन्नपुर्ण गाउँपालिका–७ हिस्थान बस्ने बर्ष ६४ को भिमबहादुर पुनको मृत्यु भएको हो ।
दुर्घटनामा परी घाईते भएका उनको बेनी अस्पतालमा उपचारको क्रममा मृत्यू भएको हो । सोही जिपमा सवार अन्य ३ जनाको उपचार भईरहेको छ ।
दुर्घटनामा घाईते हुनेहरु सोही स्थान बस्ने बर्ष ४१ को कुमार पुन, चालक बर्ष ३६ को केशव पुन र बर्ष ७१ को विरबहादुर गरबुजा भएको म्याग्दी प्रहरीले जानकारी दिएको छ । घाईते सबैको उपचार जारी छ ।
घटना सम्बन्धमा प्रहरीले अनुसन्धान थालेको जनाएको छ ।


