मुग्लिन । मंगलबार राति परेको पानीले पहिरो खस्दा पृथ्वी राजमार्ग अन्तरर्गतकाे मुग्लिन-मलेखु सडक खण्ड अवरुद्ध भएको छ ।
चितवनको इच्छाकामना गाउँपालिका-३ मौवाखोलामा पहिरो खस्दा आज बिहान ७ बजेदेखि सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।
पहिरो गएको ठाउँमा सडक एकतर्फी सञ्चालनमा आएको छ । यस्तै इच्छाकामना गाउँपालिका-३ कै चुम्लिङटारमा ढुङ्गा खसेपछि राजमार्ग दुईतर्फी अवरुद्ध भएको छ ।
सडक अवरुद्ध भएपछि काठमाडौंबाट बाहिरीने सवारी र काठमाडाैं भित्रीने सवारी साधनलाइ समस्या भएकाे छ ।
तस्बिर : दानबहादुर गुरुङ




















