काठमाडाैं । आज गण्डकी सहित कोशी, बाग्मती र लुम्बिनी प्रदेशका १-२ स्थानमा ठूलो बर्षाकाे सम्भावना रहेकाे छ । अहिले कोशी, मधेस, बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार देशभर मनसुनी वायुको प्रभाव रहेको छ । आज दिउँसो देशभरको मौसम साधारणतया बदली नै रहने अनुमान छ । अघिकांश प्रदेशहरुमा आज मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
त्यसैगरी, आजराति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । गएराति मोरङ, धनकुटा, गोरखा, चितवन, लमजुङलगायत आसपासका जिल्लामा ठूलो पानी परेको थियो ।
महाशाखाले पानी परिरहेका ठाउँका नदी तटिय क्षेत्रमा सावधानी अपनाउन अनुरोध गरेको छ ।


