काठमाडाैं । आज ५ वटा प्रदेशमा मौसम आंशिकदेखि सामान्य बदली हुने छ । केही ठाउँमा बिहानैदेखि हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका जिल्लामा मौसम आंशिकदेखि सामान्य बदली भई केही ठाउँमा पानी परिरहेको महाशाखाले जानकारी दिएकाे छ । पछिल्लो ३ घण्टामा सबैभन्दा धेरै धनुषाको तुल्सीमा ४५ मिलिमिटर वर्षा मापन भएको छ । यस्तै झापाको दमकमा ३६.८ मिलिमिटर पानी परेको छ ।
आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा तथा बाँकी प्रदेशका थोरै ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ । १-२ स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेकाे बुलेटिनमा भनेकाे छ । बाँकी प्रदेशको मौसम सामान्य बदली रहने छ ।


