एजेन्सी/गाजाविरुद्धको इजरायल युद्धमा करिव ४० हजार मानिसकाे ज्यान गएकाे छ भने ९२ हजारभन्दा बढी घाईते भएका छन् ।इजरायलको गाजा पट्टीमा गएको अक्टोबर ७ देखि चलिरहेको युद्धका कारण अहिलेसम्म कम्तीमा ३९ हजार ७९० जनाको ज्यान गएको छ भने ९२ हजार २ जना घाइते भएकाे प्यालेस्टिनको केन्द्रीय तथ्याङ्क कार्यालयले जनाएको छ ।
तथ्याकमा आधारमा युद्धका कारण अहिलेसम्म १.८ प्रतिशत जनसङ्ख्या मारिएका केन्द्रीय तथ्याङ्क कार्यालयले जनाएको हाे ।
मारिनेमा सबैभन्दा धेरै ३० वर्षभन्दा कम उमेरका मानिसहरू रहेका प्यालेस्टिनीको आरोप छ । इजरायली सेनाको आक्रमणमा मारिएकामध्ये ७५ प्रतिशत ३० वर्षभन्दा कम उमेरका रहेका अन्तर्राष्ट्रिय समाचार संस्था अलजजिराले जनाएको छ ।
यसैबीच विद्रोही समूह हमासले अमेरिकी राष्ट्रपति जो बाइडेनले प्रस्ताव गरेअनुसार थप वार्ताका लागि युद्धविराम योजना कार्यान्वयन गर्न अमेरिका, कतार र इजिप्टलाई आह्वान गरेको छ ।




















