काठमाडौं । आज साउनको अन्तिम सोमवार राजधानीमा रहेको पशुपतिनाथ मन्दिरमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । पशुपति मन्दिरका साथै देशमा अन्य शिवालयमा समेत भक्तजनहरुको घुइचो लागेको छ ।
आज पशुपति दर्शन गर्न सहज गराउन पशुपति क्षेत्र विकास कोषले विशेष ब्यवस्था मिलाएको जनाएको छ । दर्शनार्थीका लागि सुरक्षा, स्वयंसेवक परिचालन, दर्शन व्यवस्थापन, स्वास्थ्य शिविर, खानेपानीलगायत व्यवस्थापन मिलाइएको कोषले जानकारी दिएको छ ।
साउनमा पशुपतिनाथ मन्दिरमा सुन्दरीजलबाट बोलबम यात्रा गरी जल चढाउने भक्तजनको पनि घुइँचो लाग्ने गदर्छ ।
आजै उपत्यकामाको पशुपतिनाथसहित, गोकर्णेश्वर, सन्तानेश्वर, डोलेश्वर, किराँतेश्वर, भालेश्वरसहित, काभ्रेपलाञ्चोकको साँगा, तनहुँको देवघाट, म्याग्दीको गलेश्वरलगायत शिवालयमा दर्शनार्थीको घुइँचो छ ।
तस्बिर : कैलासबावु श्रेष्ठ


