साँकेतिक तस्बिर
मोरङ । आफ्नै श्रीमती हत्या गरको आरोपमा प्रहरीले श्रीमानलाई प्रक्राउ गरेको छ । पक्राउ पर्नेमा सुन्दरहरैचा नगरपालिका–१० बागझोडा बस्ने ५८ वर्षीय लक्ष्मण नेपाललाई प्रहरीले आइतबार बिहान पक्राउ गरेको हो ।
आरोपित लक्ष्मणले आफ्नै ४१ वर्षीया श्रीमती पबित्रा फुयाल नेपालको हत्या गरेको आरोपमा पक्राउ गरीएको मोरङ प्रहरीले जानकारी दिएको छ । उनलाई इलाका प्रहरी कार्यालय बिराटचोकबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
लक्ष्मणले घरायसी विवादको क्रममा एक्कासी खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएकी पबित्राको नोबेल अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको थियो ।
प्रहरीले घटनाका सम्वन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।



