×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

छोरालाई चरम यातना दिँदै भिडियो सार्वजनिक गर्ने बाबु पक्राउ

  •  गोरखा समाचार
  • शुक्रबार, साउन २५, २०८१ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    ओखलढुङ्गा । बुवा अर्थात् ‘बाबा’ संसार देखाउने व्यक्ति । यो शब्द आफैंमा अर्थपूर्ण शब्द हो । हामी सन्तानका लागि यो शब्द कति धेरै मूल्यवान् र प्रिय छ । यो शब्दसँग संसार जित्ने आशा र भरोसा जोडिएको छ ।

    कसैका लागि ‘हिरो’ र कसैका लागि ‘आइडल’ । जीवनको हरेक सुख दु:खका पाइलामा बुवाको साथ र भरोसाले सन्तानलाई हिम्मत र मार्गदर्शन गर्छ ।धेरैले भन्छन्, “संसारमा आमापछिको प्रिय शब्द बुवा हो, जसले सन्तानलाई दिन मात्रै आउँछ तर बदलामा केही कुराको अपेक्षा गर्दैन ।”

    आफ्नो बुवालाई जीवनको ‘रोल मोडल’को रुपमा लिएका सन्तानका लागि उहाँबाटै कुनै प्रकारको यातना प्राप्त हुन्छ भन्ने कल्पनासम्म गर्न सकिन्न । आफ्नै बुवाले आफूलाई यातना दिन सक्छन् भन्ने कुरामा हामीमध्ये कतिपयलाई आश्चर्य लाग्नसक्छ । तर यो हाम्रो कल्पनाभन्दा बाहिरको यथार्थ ओखलढुङ्गामा भएको छ ।

    ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका–९ ओखलढुङ्गाका ४३ वर्षीय फुरिञ्जी शेर्पा छोरालाई यातना दिएको आरोपमा पक्राउ परेका छन् । छोरालाई चरम यातना दिएर घाइते बनाएको आरोप उहाँमाथि छ । शेर्पाले आफ्नै ४ र ६ वर्षीय छोरालाई चरम यातना दिने गरेको खुलेको हो । गाउँदेखि एकान्तमा शेर्पाको घर छ । शेर्पाले लामो समयदेखि छोरालाई यातना दिने गरेको रहस्य सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमार्फत बाहिरिएको हो।

    शेर्पाले आफ्नै ६ वर्षीय छोरालाई कुटपिट गर्नुका साथै खड्कुलाेमा हाली पानीसँगै उमाल्ने, डोरीले बाँधेर उल्टो मुन्टो पारेर झुण्ड्याउने गरेको भिडियो सार्वजनिक भएको छ । शेर्पा छोरालाई चरम यातना दिने र आफैंले भिडियो बनाएर सामाजिक सञ्जालमार्फत श्रीमतीलाई पठाउने गर्छन् । शेर्पाकी श्रीमती भने रोजगारीका लागि साइप्रसमा छन् ।

    नेपालमा हुँदा आफूलाई पनि कुटपिट र यातना दिने गरेको शेर्पाकी श्रीमती छोटी शेर्पा बताउनुहुन्छ । आफूलाई रिस देखाउन छोरालाई यातना दिएर भिडियो खिँचेर पठाउने गरेको र मानसिक तनाव दिने गरेको साइप्रसबाट शेर्पाले बताउनुभयो ।

    यस्तै, शेर्पाका चार सन्तानमध्ये एक जना बेपत्ता छन् । उनी बेपत्ता भएको करिब नौ वर्ष भएको स्थानीयको भनाइ छ ।

    खिजिदेम्बा गाउँपालिकाका अध्यक्ष ङवाङफुरी शेर्पाले आफ्ना छोरालाई धेरै यातना दिने गरेको पुष्टि गर्नुभयो । वडाको समन्वयमा शेर्पालाई प्रहरीको जिम्मा लगाइएको र छोराहरुको उद्धार गरेर स्वास्थ्य परीक्षण गराइएको उहाँले जानकारी दिनुभयो ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजय कार्कीका अनुसार घटनाको विषयमा थप अनुसन्धान गर्नका लागि पक्राउ परेका शेर्पालाई थप अनुसन्धानका लागि जिल्ला सदरमुकाम लगिएको छ ।

    नेपालको संविधानले बाल अधिकार सुनिश्चित गरेको छ । बच्चाहरूलाई कुट्ने, झुण्याउने जस्ता हिंसात्मक व्यवहार गरे कारबाही हुने कानुनी व्यवस्था छ । तर अझै पनि अधिकांश बालबालिका आफ्नै आमाबुवाको रिसको सिकार बन्ने गरेका छन् । शेर्पाले आफ्नै छोरालाई चरम यातना दिएको भिडियो गोरखापत्र अनलाइनलाई प्राप्त भएको छ ।

    gorkhapatraonline

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    शुक्रबार, साउन २५, २०८१ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.