×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ५४ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

हिंसा, तोडफोड र राज्य स्रोतको लुटपाट रोक्न बङ्गलादेशका पूर्वप्रधानमन्त्री खालिदा जियाको आग्रह

  •  गोरखा समाचार
  • बुधबार, साउन २३, २०८१ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    ढाका/एजेन्सी । पूर्वप्रधानमन्त्री खालिदा जियाले सरकारी जागिरमा भेदभाव विरोधी विद्यार्थी आन्दोलनले निम्त्याएको राष्ट्रव्यापी हिंसा, तोडफोड र राज्य स्रोतको लुटपाटबारे चिन्ता व्यक्त गर्नुभएको बङ्गलादेशको सञ्चारमाध्यम ढाका ट्रिब्युनले बताएको छ ।

    ढाकाको ‘एभरकेयर’ अस्पतालमा रहनुुभएका जियासँग बङ्गलादेश खिलाफत मजलिस पार्टीका महासचिव मौलाना मामुनुलको टोलीले भेटवार्ता गर्नुभएको ढाका ट्रिब्युनले जनाएको छ । ढाका ट्रिब्युनले जियालाई उद्धृत गर्दै भनेको छ, “हाम्रो राज्यको स्रोत र साधन खेर गइरहेको छ । यो देश हाम्रो हो, हामीले यो देशको निर्माण गर्नुपर्छ ।”

    अगस्ट छ मा बङ्गलादेशका राष्ट्रपति शाहाबुद्दिन अहमदले बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियालाई संविधानको धारा ४९ अनुसार जेल सजाय कम गरेर रिहा गर्ने घोषणा गर्नुभएको थियो ।

    ढाका ट्रिब्युनका अनुसार भेटवार्तामा उहाँले जनताको जीवन र सम्पत्तिमा क्षति पु¥याउनु गम्भीर अपराध भएको बताउनुभयो । उहाँले राज्यको स्रोतको लुटपाटमा धेरै मानिसहरू संलग्न रहेको र यो कार्य अन्यायपूर्ण रहेको बताउनुभयो ।

    ‘बेगम खालिदा जिया उत्पीडित महिला हुनुहुन्छ । हामी लामो समयसम्म जेलमा बस्यौं । मौलाना मामुनुल हक पनि लामो समयसम्म जेलमा रहनुभयो । मौलाना मामुनुल हकको नेतृत्वमा हामी उहाँको स्वास्थ्यबारे सोधपुछ गर्न अस्पताल गयौँ ।” खिलाफत मजलिसका उप–महासचिव मौलाना अताउल्ला अमिनले जियासँगको भेटबारे बताउनुभयो ।

    बैठकबारे सोधिएको प्रश्नमा खिलाफत मजलिसका संयुक्त महासचिव मौलाना अताउल्ला अमिनले भन्नुभयो, “देशको अवस्था राम्रो छैन । बेगम खालिदा जिया मानव जीवन र सम्पत्तिको क्षतिबारे चिन्तित हुनुहुन्छ । राज्यका स्रोतहरू लुटिनु सही काम होइन ।”

    अगस्ट ५ मा बङ्गलादेशका राष्ट्रपति मोहम्मद शाहाबुद्दिनले खालिदा जियालाई रिहा गर्ने आदेश जारी गर्नुभएको थियो । बङ्गलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छोडेको केही घण्टापछि उहाँले यो निर्णयको घोषणा गर्नुभएको हो ।

    बङ्गलादेशका पूर्व प्रधानमन्त्री जियाको स्वास्थ्य अवस्था खराब छ । बाथ रोग, मधुमेह र ‘लिभर सिरोसिस’को बिरामी उहाँ ह्विलचेयर प्रयोग गर्नुहुन्छ ।

    अठहत्तर वर्षीया जियालाई हसिनाको शासनकालमा सन् २०१८ मा भ्रष्टाचारको आरोपमा १७ वर्षको कारागार सजाय सुनाइएको थियो ।

    यसलाई उहाँको पार्टीले राजनीतिक रूपमा प्रेरित भन्दै खण्डन गर्दै आएको छ । राजनीतिमा भाग नलिने र उपचारका लागि विदेश नजाने सर्तमा उहाँलाई घरमै नरबन्दमा राखिएको थियो ।

    जियाविरूद्ध भ्रष्टाचारको आरोप उहाँलाई राजनीतिमा प्रवेश गर्नबाट रोक्नका लागि बनाइएको मुद्दा भएको बिएनपीले दावी गरेको छ । तर हसिना प्रशासनले यो आरोप अस्वीकार गरेको थियो ।

    लेखकबाट थप:

    • कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    बुधबार, साउन २३, २०८१ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.